नबिल बैंकको एटिएम तोडफोड गर्ने पक्राउ
नेपालखोज
२०७८ जेठ २५ गते १४:२०
उदयपुर । त्रियुगा नगरपालिक-११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका-३ बस्ने भारत मधुवनी ग्राम पंञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त एटिएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो ।
तत्काल भागी फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया