शुक्रबार, वैशाख १४, २०८१

५३ अंकले नेप्से बढ्दा १६ अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ जेठ २५ गते १५:४१

काठमाडौं । नेप्सेले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । अघिल्लो दिन शून्य दशमलव २१ अंकले घटेको नेप्से सूचक साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने ५३ दशमलव ४४ अंकले बढेर २९ सय ६० दशमलव १४ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ४७ अंकले बढेर पाँच सय २८ दशमलव १० अंकमा पुगेको छ । आज दुई सय १८ वटा कम्पनीको एक लाख ४९ हजार सात सय आठपटकको कारोबारमा तीन करोड ५७ लाख तीन सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा तीनवटा समूहको सूचक घटेर १० वटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २० दशमलव एक अंकले बढेर १९ सय ६५ दशमलव ८२ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि पाँच सय ५४ दशमलव १५ अंकले बढेर १५ हजार दुई सय ६ दशमलव ८४ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक पनि ६ सय ६८ दशमलव ५७ अंकले बढेर १८ हजार नौ सय ६५ दशमलव ८४ अंकमा चढेको छ । यीबाहेक विकास बैंक, जलविद्युत्, उत्पादनमूलक, ट्रेडिङ, फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि बढेका छन् । होटेल तथा पर्यटन, लघुवित्त र लगानी समूहहरूको सूचक भने आज घटेका छन् ।

आज ग्रिन डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ७४ रुपैयाँमा कारोबार हुँदा मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ९७ प्रतिशतले घटेर १७ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता एकैदिन १९ सय ७६ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब पाँच करोड ३५ लाख ३७ हजार पाँच सय ३१ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया