यी हुन् आफूभन्दा आधा उमेरका युवतीसँग विवाह गर्ने विश्वका नेता
सामान्यतया कलाकारले मात्रै आफूभन्दा साना उमेरका युवतीसँग विवाह गर्छन् भन्ने बुझाई छ तर विश्वमा यस्ता नेताहरु पनि छन् जसले आफूभन्दा उमेरले आधा कम युवतीसँग विवाह गरेर बसेका छन् ।
बेलायती प्रधानमन्त्री बोरिसः
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो ‘मंगेतर’ क्यारी साइमन्ड्ससँग गोप्य रूपमा विवाह गरेका छन् । जोनसनले ५६ वर्षको उमेरमा क्यारी साइमन्ड भन्दा २३ वर्ष जेठो छन् । उनीहरुको उमेरलाई लिएर धेरै रिपोर्टहरू आएका छन्, तर जोनसनको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पः
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आफूभन्दा २४ वर्ष कान्छी मोडल मेलानियासँग विवाह गरेका छन् । ट्रम्प र मेलानिया ट्रम्पको प्रेम कहानी सन् १९९८ मा सुरु भउको थियो । त्यस समयमा ट्रम्प ५२ वर्ष र मेलानिया २८वर्षकी थिइन् । २००४मा उनीहरुको विवाह भउको थियो ।

पाकिस्तानका प्रधानमन्त्री खानः
पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफ्नो रोमान्टिक जीवनको बारेमा धेरै चर्चामा थिए । ६४ वर्षको उमेरमा उनले तेस्रो पटक बिहे गरे । ४० वर्षीया बुशरा शानको पहिलो विवाह इस्लामाबादका एक वरिष्ठ सीमा शुल्क अधिकृतसँग भएको थियो । यस अघि इमरान खानको पहिलो विवाह ब्रिटिशमा जन्मेककी जेमिमासँग भएको थियो । सन् २००४ मा सम्बन्ध विच्छेद पछि, इमरान खानले दोस्रो पटक टिभीका प्रस्तुतकर्ता रेहम खानसँग विवाह गरे । यो सम्बन्ध केवल १० महिनाको लागि रह्यो ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनः
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको प्रेम कहानी पनि चर्चामा रह्यो । विशेष कुरा यो हो कि उनले ब्रिजिट ट्रोग्नेक्ससँग विवाह गरे जो उनीभन्दा २४ वर्ष जेठो छिन् ।

प्रतिक्रिया