निवर्तमान वनमन्त्री आलेकाे प्रस्टोक्ति- मैले कुनै पत्रकारलाई धम्की दिएको छैन
नेपालखोज
२०७८ जेठ २५ गते १७:३४

काठमाडौं । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागि परेको र अबका दिनमा पनि सहयोग गरिरहने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया