बिहीबार, वैशाख १३, २०८१

काेराेना निकाे भइसकेपछि पनि देखिन सक्छन् यस्ता समस्या

नेपालखोज २०७८ जेठ २५ गते २०:४५


काठमाडौं । कोरोना संक्रमण भएर निको भएपछि पनि विभिन्न समस्या देखिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले पोष्ट कोभिडमा कस्तो लक्षण देखएिमा अस्पताल जाने भनेर सूचना प्रकाशन गरेको छ ।

कोरोना भाइस (कोभिड-१९) संक्रमण मुक्त्त भइसकेपछि पनि अलि अलि जीउ गल्ने वा थकान भए जस्तो महसुस हुनसक्छ, त्यसमा आत्त्तिएर अस्पताल गइहाल्लनु पर्दैन

तर पोष्ट कोभिमा यस्ता समस्याहरु देखा परेमा चिकित्सकसँग सल्लाह गरेर अस्पताल जानुपर्छ ।
१. सास फेर्न गाह्रो भएमा ।
२. धेरै नै थकान लाग्ने र धेरै नै कमजोर महसुस भएमा ।
३. निन्द्रा नलाग्ने वा झर्को लाग्ने जस्ता डिप्रेसनका लक्षहरु देखा परेमा ।
४. एका एक उच्च रक्तचाप हुनु वा घट्ने भएमा ।
५. थोरै समय हिदा नै सास बढ्ने भएमा ।
६. कालो ढुसीका लक्षणहरु देखापरेमा ।

प्रतिक्रिया