मंगलबार, जेठ ७, २०८२

देशभर बदली, केही प्रदेशमा वर्षाको सम्भावना

नेपालखोज २०७८ जेठ २६ गते ७:१५

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली रहने सम्भावना रहेको जनाएको छ ।

पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले मौसम बदली रहने महाशाखाले बताएको छ ।

यस्तै, केही प्रदेशहरुमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया