उत्तर प्रदेशमा सवारी दुर्घटना : १७ जनाको मृत्यु, प्रधानमन्त्री मोदीद्वारा शोक व्यक्त

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कानपुरमा भएको सवारी दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन ।
घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार आइजी मोहित अग्रवालले चारजनाको उपचार अस्पतालमा भइरहेको जानकारी दिएका हुन् ।
एउटा अटो र बसको बीच भएको भीषण टक्कर हुुँदा बस अनियन्त्रित भएर पुलबाट तल खसेको थियो । मंगलबार साँझ भएको यो दुर्घटना कानपुरको थाने सचेन्डी नजिकै बिस्कुट कारखानाको अगाडि भएको हो । बस लखनऊबाट दिल्ली जाँदै थियो ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएकोहरुप्रति शोक व्यक्त गरेका छन् । “कानपुरमा भएको सडक दुर्घटना एकदम दुखद छ, यस दुर्घटनामा धेरै व्यक्तिको ज्यान गएको छ, प्रधानमन्त्रीको कार्यालयले ट्वीट गरेको छ, ‘म उनीहरूको परिवारप्रति शोक व्यक्त गर्दछु, साथै घाइतेहरूको छिटो स्वस्थताको लागि पनि कामना गर्दछु ।’
साथै, प्रधानमन्त्री मोदीले क्षतिपूर्तिसमेत घोषणा गरेका छन् । ‘प्रधानमन्त्री राहत कोषबाट भयावह दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिइनेछ । साथै घाइतेहरुलाई ५०–५० हजार रुपैयाँ क्षतिपूर्ति दिइनेछ, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया