शुक्रबार, वैशाख १४, २०८१

दशैँ बिदामा पनि बजार अनुगमन

नेपालखोज २०७७ कार्तिक ८ गते १४:२७

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता ठगिने सम्भावना रहने भएकाले विभागले दशैँभर नै अनुगमनलाई निरन्तरता दिने भएको हो ।

विभागका महादिर्नेशक नेत्रप्रसाद सुवेदीेले विभागका बजार अनुगमन निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा टोलीले जुनसुकै समयमा पनि बजार अनुगमन गरेर अनुचित क्रियाकलाप गर्ने व्यापारीलाई कारबाही गर्ने जानकारी दिए ।

नियमित पाँच÷सात टोलीले बजार अनुगमन गर्दासमेत अनुचित क्रियाकलाप वृद्धि हुँदै गएको जानकारी दिँदै उनले बिदाको समयमा अनुगमन नै नगर्दा उपभोक्ता मारमा पर्न सक्ने भएकाले बिदाको समयमा पनि बजार अनुगमनलाई निरन्तरता दिने बताए ।

साथै उनले अन्य समयको भन्दा कडाइका साथ अनुगमन गर्ने र व्यापारिक क्रियाकलापमा गलत नियत राख्ने व्यापारीलाई कानुनअनुसार हदैसम्मको कारबाही बताए ।

प्रतिक्रिया