सुनकाे मूल्य बढ्याे, आजकाे भाउ कति ?
नेपालखोज
२०७८ जेठ २६ गते ११:००

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
छापावाल सुन आज प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया