शुक्रबार, वैशाख १४, २०८१

स्वावलम्बन लघुवित्तकाे संस्थापक सेयर बिक्रीमा

नेपालखोज २०७८ जेठ २६ गते १५:४५


काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको एक लाख ९० हजार छ सय ५० कित्ता सेयर बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य सात सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक सेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको जानकारी गराएकाे छ ।

संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ जेठ २४ गते देखि मिति २०७८ असार २७ गते सम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया