सभापति देउवाले भने- आगामी भदौमा पार्टीको चौधौं महाधिवेशन हुन्छ

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको चौधौं महाधिवेशन हुने जनाएका छन् । बुधवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले आगामी भदौमा पार्टीकाे चौधौँ महाधिवेशन हुने र त्यसमा आफू प्रतिबद्ध रहेको जानकारी गराएका हुन् ।
पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान भएको भन्दै उनले पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्रोसँग बुझेको उल्लेख गरेका छन् ।
महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको भन्दै उनले भने, ‘पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक-पटक आउने गरेका अभिव्यक्ति स्वीकार्य छैन् ।’
उनले भने, ‘महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरि आ-आफ्नो ठाउँबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भइ लाग्नसमेत सबै कार्यकर्तालाई आह्वान गर्दछु ।’

प्रतिक्रिया