शनिबार, वैशाख १५, २०८१

टोकियो ओलम्पिक कमिटीका लेखा प्रमुखद्वारा आत्महत्या

नेपालखोज २०७८ जेठ २६ गते १८:३४

काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिक कमिटीका लेखा प्रमुख यासुशी मोरियाले आत्महत्या गरेका छन् । टोकियो ओलम्पिक आउन केहि समय बाँकी रहेका बेला ओलम्पिक कमिटीका लेखा प्रमुखले आत्महत्या गरेका जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

गुडिरहेको रेलमा हाम फालेका ५२ वर्षे यासुशीको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरिएको देखिएपनि यसबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

कोरोनाका कारण प्रतियोगिताको विषयमा अन्योलमा रहेका बेला ओलम्पिक कमिटीको प्रमुखले आत्महत्या गर्नुले थप समस्या निम्त्याएको छ ।

आगामी जुलाई २३ बाट सुरु हुने ओलम्पिक खेलका लागि जापानमा अझैपनि रद्द गर्नुपर्ने आवाज उठिरहेको छ । तर अन्तराष्ट्रिय ओलम्पिक कमिटी र आयोजक कमिटीले जसरी पनि हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया