आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८० पुष १६ गते ११:३१

काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–८ एक्लेटर खन्चुवा बस्ने राम प्रसाद न्यौपानेको घरमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापाको झापा गाउँपालिका–३ फुलबारी टोल बस्ने इन्दिरा कटुवाल खड्काको टु ब्रोदर्स पोल्ट्री फर्ममा आइतबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दोलखाको बिगु गाउँपालिका–२ देउलाङ खानी बस्ने ५२ वर्षीय चरित्र बहादुर ठकुरीको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । रोल्पाको माडी गाउँपालिका–५ पानधारा बस्ने ६० वर्षीय बिर्जराम वलीको गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया