भारतको बिहारमा जारी लकडाउन हट्यो
नेपालखोज
२०७८ जेठ २६ गते १८:४३

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर घट्दै गएपछि भारतको विहारमा जारी लकडाउन हटाइएको छ । विहारका मुख्यमन्त्री नीतिश कुमारले आज एक ट्वीट गर्दै कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको लकडाउन हटाइएको जानकारी दिए ।
यद्यपी बेलुकी ७ बजेदेखि विहान ५ बजेसम्म भने जारी गरिएको कफ्र्यू भने यथावत नै राखिएको उनले बताए । मुख्यमन्त्री नीतिश कुमारले लकडाउने कोरोना संक्रमण दर कम गर्न निकै मद्धत गरेको भन्दै अझैपनि भिडभाड नगर्न तथा सामाजिक दुरी कायम गरी कार्यहरु गर्न सुझाएका छन् ।
लकडाउन हटेसँगै अब विहारमा ५० प्रतिशत कर्मचारीको उपस्थितिमा सरकारी तथा निजी कार्यालयहरु दिउँसो ४ बजेसम्म खुल्न पाउने भएका छन् । यी सबै नियम आगामी एकहप्ताका लागि लागु गरिएको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया