‘यमनमा देखिएको संकट राजनीतिक प्रक्रियाबाट समाधान गर्नुपर्छ’

काठमाडौं । इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले यमनमा हाल देखिएको संकट राजनीतिक प्रक्रियाबाट नै समाधान गर्नुपर्ने धारणा राखेका छन् ।
उनले अहिलेको यमनको समस्या अरु कुनै माध्यमबाट नभएर राजनीतिक तवरबाट र वार्ताको माध्यमबाट नै हुनुपर्नेमा जोड दिए । उनले यमनको समस्या समाधानका लागि इरानले कहिल्यै पनि सैनिक माध्यमबाट हुन्छ भन्ने नठानेको र यो समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ता गरेर नै समाधान गर्नुपर्छ भन्ने इरानलाई लागेको उनले बताए ।
यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत मार्टिन ग्रिफथससँग तेहरानमा भएको भेटवार्तापछि उनले उक्त धारणा राखे । मार्टिन ग्रिफथस हाल इरानको भ्रमणमा छन्। उनिहरुबीच आज भेटवार्ता भएको थियो ।
उनले यमनमा संकट शुरु भएको अहिले छ वर्षपछि त्यहाँ धेरै ठूलो मानवीय संकट परेको पनि बताए। यस संकटका कारण यहाँका नागरिक न्युनतम आवश्यकता पनि प्राप्न गर्न नसक्ने अवस्थामा रहेका देखिएको छ । यमनमा सन् २०१४ देखि विभिन्न विद्रोही समूहहरुको हिंसा जारी रहेका छ । यमनमा वर्षौदेखि चलेको गृहयुद्धमा सयौँको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया