आईसीयू र भेन्टिलेटरमा कति संक्रमित ?, यस्तो छ देशभरको अवस्था !

नेपालखोज २०७८ जेठ २६ गते २२:२१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरुमा उपचाररत संक्रमितको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयले तथ्यांक सार्वजनिक गर्दै देशभरका विभिन्न अस्पतालहरुमा १ हजार ६८७ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।

हाल १ हजार ३१२ कोरोना संक्रमितको आईसीयू तथा ३७५ जनाको भेन्टिलेटरमा गरी कुल १ हजार ६८७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

हाल प्रदेश १ मा २०२ जना आईसीयूमा र ४९ भेन्टिलेटरमा, प्रदेश २ मा ६७ आईसीयूमा र १८ जनाको भेन्टिलेटरमा, वाग्मती प्रदेशमा ७२४ जना आईसीयूमा र २४७ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ११४ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १३८ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ३७ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयू र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया