पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

नेपालखोज २०७८ जेठ २७ गते ९:१४

काठमाडौं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको निधन भएको छ ।

काठमाडौंस्थित लैनचौरमा रहेको आफ्नै निवास उनको १०१ वर्षका उमेरमा आज बिहान निधन भएको हो ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए ।

उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया