सोमबार, जेठ ६, २०८२

अर्थमन्त्री पौडेलले भन्छन्- विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल हुन दिदैनाैं

नेपालखोज २०७८ जेठ २७ गते १२:४८

काठमाडौं । नेपाल सरकारका उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भिर प्रकृतिको रहेको बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आह्वानलाई यसरी अस्वीकार गर्नुभनेको नेपाल-खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए । अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए ।


पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल-खनाल पक्ष कुनैपनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको बताए ।

यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुनसक्ने तर पार्टी विभाजन हुन नसक्ने स्पष्ट पारे । संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोसिस गर्ने बताए ।

पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने तर्क गरे । आफूहरुले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रुपमा असफल बनाउने पनि अर्थमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया