शुक्रबार, वैशाख ७, २०८१

महालक्ष्मी लाइफद्वारा बिमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट

नेपालखोज २०७८ जेठ २७ गते १३:१०


काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीका अनुसार यही असार मसान्तसम्म बीमा शुल्कको किस्ता तिर्ने बिमितहरुको हकमा तीन महिनासम्म सत् प्रतिशत छुुट, तीन महिनामाथि छ महिनासम्मको ७५ प्रतिशत छुुट र छ महिनाको माथिको हकमा ५० प्रतिशत छुट दिन लागिएको हो ।

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न सकेका छैनन् ।

कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका थिए ।

आम बीमितहरुको यहि समस्यालाई विचार गरी राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया