सोमबार, जेठ ६, २०८२

स्वास्थ्यमन्त्रीले गरे सम्पत्ति विवरण सार्वजनिक, २२ तोला सुन र १४ ठाउँमा जमिन

नेपालखोज २०७८ जेठ २७ गते १३:३६

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उनले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार तामाङ दम्पतीसँग सुन पुख्यौली र खरीद गरिएको दुवैथरी गरी २२ तोला रहेकाे छ । यस्तै पाँच लाखको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै तामाङ दम्पतीका १४ ठाउँमा जग्गा रहेकाे छ । उनका नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका ११ ठाउँमा छ ।

No description available.
No description available.
No description available.

प्रतिक्रिया