शुक्रबार, वैशाख १४, २०८१

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

नेपालखोज २०७८ जेठ २७ गते १८:१२

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । विहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

बैठकमा ५८ जना सहभागीमध्ये ५७ जनाले मतदान गरेकोमा प्रदेशसभाको विश्वासको मतको प्रस्तावको पक्षमा २७, विपक्षमा ३० मत परेका छन् ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया