मंगलबार, वैशाख ११, २०८१

प्रशिक्षक अलमुताइरीले भने- अस्ट्रेलियाविरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल्छ

नेपालखोज २०७८ जेठ २७ गते १८:२३

काठमाडौं । विश्वकप तथा एशिया कप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा नेपाली टिमले उत्कृष्ठ खेल्ने राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दाबी गरेका छन् ।

फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा भोलि निकै बलियो मानिएको अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । खेलको पुर्बसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडीहरुले उत्कृष्ठ खेल्ने विश्वास ब्यक्त गरेका हुन् ।

अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिइने पनि मुख्य प्रशिक्षक अलमुताइरीले बताए । विश्वकप छनोटबाट बाहिरिसकेको नेपाललाई एसिया कपको लागि छनोट हुने सम्भावना भने अझै छ ।

त्यस्तै अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्रेहेम आर्नोल्डले नेपाली फुटबल टोलीको प्रशंसा गर्दै नेपालविरुद्ध खेल्न आफ्नो टिम उत्साहित रहेको बताएका छन् । आर्नोल्डले नेपालविरुद्धको खेलमा नया खेलाडीलाई मौका दिने कुरा उल्लेख गरे । यी दुईबीचको खेल कुवेतस्थित जाबेर अल अहमद रंगशालामा भोली राति पौने १० बजे बजे सुरु हुनेछ ।

प्रतिक्रिया