सुचीविरुद्ध भ्रष्टाचार मुद्दा, घूस स्वरुप नगद र सुन लिएको आरोप
दोषी ठहरिए १५ वर्ष जेल सजाय, ६ लाख डलर तथा सातवटा सुनको टुक्रा घूसवापत लिएको सेनाको दाबी
नेपालखोज
२०७८ जेठ २७ गते १८:३७

यांगुन । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीविरुद्ध त्यहाँको सेनाले अहिलेसम्मकै गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
सुचीले घूस स्वरुप नगद तथा सुन लिएको सेनाले आरोप लगाएको छ । यस मुद्दामा सुची दोषी ठहरिए १५ वर्षसम्मको जेल सजाय हुनसक्ने बीबीसीले जनाएको छ । यसका साथै अवैध रुपमा वाकीटकी तथा सार्वजनिक अशान्ति फैलाएको अभियोगमा पनि मुद्दा दर्ता गरिएको छ ।
सैन्य काउन्सिलले आज एक पत्रकार सम्मेलनमा नेतृ सुचीले ६ लाख डलर तथा सातवटा सुनको टुक्रा घूसवापत लिएको दाबी गरेको छ । त्यहाँको सेनाले नेतृ सुचीसहित अन्य केही शीर्ष नेताहरुलाई गत फेब्रुअरी १ देखि नियन्त्रणमा राखेको छ ।
नाको नजरबन्दमा रहेकी नेतृ कहिलेकाहीँ अदालतमा मात्र देखापर्ने गरेकी छन् । यसअघि पनि उनलाई १४ वर्षको जेल सजाय हुने गरी विभिन्न आरोपमा मुद्दा दर्ता गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया