मंगलबार, वैशाख ४, २०८१

एकैदिन ४ वटा प्रदेशको नीति कार्यक्रम सार्वजनिक

नेपालखोज २०७८ जेठ २७ गते २०:३२

काठमाडौं । आज ४ वटा प्रदेशले प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका छन् । प्रदेश १, प्रदेश २, वाग्मती र सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेटका नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेशसभामा सुनाएका हुन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ प्यासी, प्रदेश २ का प्रदेश प्रमुख डाक्टर राजेश झा ‘अहिराज’, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईँ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

प्राय जसो सबै प्रदेशले आर्थिक बर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राखेका छन् । बजेट ल्याउनुभन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि यस वर्ष राजनीतिक किचलो र उतारचढावका कारण नीति तथा कार्यक्रम ल्याउन ढिलाइ भएको हो । प्रदेश सरकारहरुले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया