सोमबार, जेठ ६, २०८२

भारतीय कांग्रेसले आज देशभर विराेध प्रदर्शन गर्ने

सरकारको गलत नीतिका कारण पेट्रोलको भाउ एक सय रुपैयाँ नाघेको आरोप

नेपालखोज २०७८ जेठ २८ गते ९:०९

काठमाडौं । भारतमा कांग्रेस कार्यकर्ताहरूले आज पेट्रोल पम्पहरूमा सांकेतिक प्रदर्शन गर्ने छन् । पेट्रोल र डिजेलको अनियन्त्रित मूल्यबृद्धि फिर्ता र मुद्रास्फीतिबिरूद्ध प्रदर्शन गर्न लागिएको हो ।

बढ्दो पेट्रोल–डिजेलको मूल्य नियन्त्रण गर्नुको सट्टा केन्द्रको मोदी सरकार र दिल्लीको केजरीवाल सरकारले विपत्तिलाई अवसर बनाएर ठूलो कर उठाएको दिल्ली कांग्रेसको आरोप छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार कांग्रेस महासचिव केसी वेणुगोपाल, महासचिव हरीश रावत, प्रवक्ता पवन खेडालगायत धेरै नेता दिल्लीको विभिन्न क्षेत्रमा पेट्रोल पम्प नजिकै सांकेतिक प्रदर्शनमा सामेल हुनेछन् ।

कांग्रेसले विरोध प्रदर्शनमा कोरोना भाइरस सम्बन्धी सबै निर्देशहरु पालना गरिने बताएको छ ।

सरकारको गलत नीतिले पेट्रोल १०० नाघ्यो

‘भाजपा सरकारले विगत सात बर्षमा बारम्बार पेट्रोल र डिजेलमा कर बढाउँदा मूल्यलाई रेकर्डको स्तरमा पुर्‍याएको छ, भेणुगोपालले भने, ‘यस सरकारको गलत नीतिका कारण आज पेट्रोलको मूल्य देशका धेरै स्थानमा प्रति लिटर १०० रुपैयाँ नाघेको छ र डिजेलको मूल्य प्रति लिटर १०० रुपैयाँमा जान लागेको छ ।’

दिल्ली प्रदेश कांग्रेसले यस मुद्दामा दिल्ली सरकारको आलोचना गर्दै भनेको छ, ‘केजरीवाल सरकारले पछिल्लो ६ बर्षमा पेट्रोल र डिजेलमा करको रूपमा २५ करोड संकलन गरेको छ र मोदी सरकारले ७ बर्षमा करको रूपमा २०.५६ लाख करोड संकलन गरेको छ ।

शीला दीक्षित सरकारको सम्झना गर्दै दिल्ली कांग्रेस प्रमुखले भने, ‘२०१३ मा दिल्लीमा पेट्रोलमा २० प्रतिशत भ्याट कर लगाइएको थियो र डिजेलमा १२.५ प्रतिशत कर लगाइएको थियो, जुन केजरीवाल सरकारले २०१५ मा पेट्रोलमा ३० प्रतिशत र डिजेलमा १६.७५ प्रतिशत कर लिएको थियो ।

प्रतिक्रिया