सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त
नेपालखोज
२०७८ जेठ २८ गते १३:१०

काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । असार १८ गतेदेखि लागुहुने गरी बैंकको संचालक समितिको बैठकले पोखरेललाई सीइओ पदमा नियुक्त गरेको हो ।
भर्खरै नियुक्त भएका प्रमुख कार्यकारी अध्यक्ष पाेखरेल सिभिल बैंकमा कामू सीइओको रुपमा कार्यरत रहेका थिए ।
करिब तीन दशकदेखि स्ट्यान्डर्ड चार्टर्ड, एनआईसी एशिया र नबिल बैंकमा समेत काम गरेका पाेखरेल बैंकिङ क्षेत्रकाे काममा अब्बल मानिन्छन् ।
सम्बन्धित
प्रतिक्रिया