बिहीबार, वैशाख १३, २०८१

भारतद्वारा नेपाली सेनालाई काेराेना नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग

नेपालखोज २०७८ जेठ २८ गते १४:०६

काठमाडाैं । भारतले नेपाली सेनालाई कोभिड-१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आईसीयू शय्या, पीपीई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

प्रतिक्रिया