एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरोध
नेपालखोज
२०७८ जेठ २८ गते १५:२३
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेले नै गण्डकी प्रदेशको प्रदेशसभा बैठक अवरोध गरेको छ । आज सरकारका मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै अवरुद्ध गरेको हो ।
आज १२ बजेर ५० मिनेटमा सुरु भएको बैठक करिब पाँच मिनेट सन्चालन भएर स्थगित भएको छ । ‘बैठकमा मन्त्रीहरू आउनुपर्ने थियो, तर, एकजना पनि सहभागी हुनुभएन, त्यसैले बैठक स्थगित गर्न माग गर्दछौँ ।’
एमालेको प्रमुख सचेतक मायानाथ अधिकारीले भनेका थिए । एमालेका सचेतक अधिकारीले बैठक स्थगित गर्न माग गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक जेठ ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया