देशको मुहार फेर्न पार्टी राप्रपा : अध्यक्ष लिङदेन
नेपालखोज
२०७८ चैत ५ गते २१:१६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले देशको नेतृत्व नगरेसम्म देशले मुहार नफेर्न दाबी गरेका छन् । सो पार्टीले आज सिन्धुलीमा गरेको आमसभामा उनले ठूला दलहरु एउटै सिक्काको दुई पाटा भएकाले कुनै फरक नभएको बताए ।
“कुनै पनि पार्टी, नेताले १०/१० वर्ष मौका पाउँदा पनि देशले मुहार फेर्न नपाएकाले हामी जनताको अदालतमा भन्न आएका हौँ”, उनले भने। जनतालाई बुझाउन सके राप्रपाले देश बनाउने भन्दै एकपटक राप्रपालाई सहयोग गर्न उनले अपिल गरे ।
“देशको उत्पादनले नधानेसम्म मुलकमा समृद्धि हासिल गर्न सकिन्न, देशमा उत्पादन भएको बिजुली देशमै खपत गरौँ, विद्युत् उत्पादनमूलक कार्यमा खपत गरे मुलुक आर्थिकरूपमा समृद्ध बन्छ”, उनको भनाइ थियो ।
सम्बन्धित
प्रतिक्रिया