बुधबार, वैशाख १२, २०८१

सिटिजन लाइफको अनलाइन बिमा दाबी सेवा सजिलो, दुुई दिनमै मृत्यु दाबी रकम हस्तान्तरण

नेपालखोज २०७८ जेठ २८ गते १७:५५


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केहीदिन अघि मात्र “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाइन बिमा दाबी सेवाको शुभारम्भ गरेको थियो ।

हालको असहज परिस्थिती एवमं आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन थालिएको यस अभियान कम्पनीका सेवाग्र्राहीले निकै रुचाएका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गर्नुभएकी, टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने श्रीमति शोभाकुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो ।

बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिएर सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको छ ।

लकडाउनको समयमा उनका श्रीमान धु्रब खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन वीमाको दाबी फर्छौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुगेका क्षेत्रीय शाखा प्रमुख केशव राजगिरीले उल्लेखित लाभ रकम १० लाख, बोनस रकम ३५ हजार तथा काजकिरिया खर्च बापत ५० हजार रुपैयाँसम्म गरी १० लाख ८५ हजारको रकम दाबीकर्ता धु्रब खत्रीको बैकं खातामा अनलाइनमार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको जानकारी गराए ।

बीमितले एक किस्ता बराबरको ७८ हजार सात सय ९७ रकम जम्मा गरेका थिए । रकम बिमितको खातामा जम्मा भइसकेको कुरा बीमितका श्रीमान धु्रब राज खत्रीले जानकारी गराए ।

कम्पनीले परिवारका सदस्यलाई बीमा वापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उल्लेख गरेकाछन ।

उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धी चेतना बढाउनुपर्नेमा जोड दिए । उनले बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए । साथ साथै कोरोना भाइरसले गर्दा निम्तिएको यस विषम परिस्थितीमा सबैलाई सावधान र सुरक्षित रहन सुझाव दिएका छन् ।

प्रतिक्रिया