बुधबार, वैशाख १२, २०८१

रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता

नेपालखोज २०७९ माघ १८ गते १६:२३

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रा.लि. हेटौडा बीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ । उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, ईसिजी र इको लगायत सेवाहरूमा बिशेष छुट पाउनेछन ।

सम्झौता कार्यक्रममा अंडरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो । रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अंडरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसंग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिंदै गईरहेको छ । कम्पनीले देशभर एक सय २४ वटा शाखा बिस्तार गरी बीमा सम्वन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया