बुधबार, वैशाख १२, २०८१

पाकिस्तानमा यात्रुवाहक बस दुर्घटनामा १८ जनाको मृत्यु

नेपालखोज २०७८ जेठ २८ गते १८:२६

पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ । सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ । यसै साताको शुरुमा पाकिस्तानको सिन्धमा दुई वटा रेल जुधेर दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको थियो भने सयौं व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया