बिहीबार, वैशाख १३, २०८१

साइप्रसमा पहिलोपटक महिला सभामुख चयन

नेपालखोज २०७८ जेठ २८ गते १८:३७

साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिएकी छन् । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान भएकी हुन् । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गरेकी थिइन् ।

सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिए ।

साइप्रसका राष्ट्रपति निकोस अनास्ता सियाडेसले डिमेट्रिओ निर्वाचित भएकाेमा आफूलाई निकै खुशी लागेको बताइन् । उनले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताइन् ।

डिमेट्रिओ मध्य-दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद भएकी थिइन् । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिएकी थिइन् ।

बेलायतको उपनिवेशबाट मुक्त भएपछिका ६१ वर्षमा धेरै महिला सदस्यहरुले राजनीतिक पद प्राप्त गरे पनि डिमेट्रिओले प्राप्त गरेको यो पद सबैभन्दा माथिल्लो हो ।

साइप्रसको राजनीतिमा महिलाको सहभागिता पुरुषको दाँजोमा निकै कम हुने गरेको छ । हाल साइप्रसको १५ सदस्यीय मन्त्रीमण्डलमा तीन जना मात्र मन्त्री छन् । राष्ट्रपति अनास्तासियाडेसले अब हुने मन्त्रिपरिषद पुनर्गठनमा महिलाको सहभागिता वृद्धि गर्ने घोषणा पनि गरेकी छन् ।

प्रतिक्रिया