युरोकप : टर्कीलाई ३-० गोलले पराजित गर्दै इटालीको शानदार शुरूवात
नेपालखोज
२०७८ जेठ २९ गते ७:२९

काठमाडौं । इटालीले १६औँ संस्करणको युरोकप फुटबलमा शानदार सुरूवात गरेको छ । रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोलले पराजित गर्दै इटालीले विजयी शुरूवात गरेको हो ।
इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एकरएक गोल गरे भने एक गोल आत्मघाती उपहार मिलेको थियो । जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यस पटकको युरोकप युरोपका विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया