बिहीबार, वैशाख २०, २०८१

प्रधानमन्त्रीको हत्याको चेतावनी दिने आफ्नै सांसदप्रति कांग्रेसको आपत्ति

नेपालखोज २०७८ जेठ २९ गते ८:४३

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको हत्याको चेतावनी दिने आफ्नै सांसदप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । हत्या गर्न कोही नाथुराम गोड्से अघि सर्नुपर्ने भन्दै आफ्नै पार्टीका सांसदको विवादित अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सडकमा पनि राख्नुपर्ने संयमता संसदमा गुमाउन नपाइने भन्दै कारवाहीको चेतावनी दिएका छन् । आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति नमिल्ने भन्दै उनले शब्द फिर्ता लिएर आत्माआलोचना गर्न लगाउने बताएका छन् ।

प्रतिक्रिया