शुक्रबार, चैत १६, २०८०

‘बिमाविना कुनै पनि देश समृद्ध बनेको छैन’

नेपालखोज २०७८ जेठ २९ गते १६:१९

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल बिमा क्षेत्रमा लामो समयदेखि आबद्ध छन् । पौडेलसँग नेपाली तथा विदेशी लगानीको बिमा कम्पनीमा काम गरेको अनुभव छ । पौडेलले योजनाअनुसार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चाँडै सबै सूचकांकमा अब्बल हुने बताउँछन् । उनै पौडेलसँग नेपालखोजले कुराकानी गरेको छ ।
कुराकानीका दौरान उनले बजारमा आफ्नो कम्पनीको पहुँच बढेको तथा ग्राहकलक्षित कम्पनीले नेपालका लागि नवीनतम् र नेपालमै पहिलोपटक भनेर थुप्रै प्रोडक्ट ल्याएको दाबी गरेका छन् । प्रस्तुत छ यिनै विविध विषयमा सीईओ पौडेलसँग नेपालखोजले गरेको कुराकानी :

हाइलाइट्स :

  • अहिले मानिसमा अरुभन्दा पनि बिमाप्रति चासो र यसको आवश्यकता महसुस हुँदै गएको छ ।
  • देशमा मिडिल क्लासहरुको वृद्धि र यसको आवश्यताको महसुस भएका कारण पछिल्लो चार वर्षमा यसको मार्केट निकै गुणाले बढेको छ ।
  • सरकारले पनि चलाएको स्वास्थ्य बिमा, वैदेशिक रोजगारमा अनिवार्य र प्रविधि र आवश्यकताको विकास भएसँगै बिमाको मार्केट राम्रोसँग बढेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको अवस्था ?

  • वित्तिय अवस्था हेर्दा हामी नयाँ मध्य दोस्रो स्थानमा छौं ।
  • प्रोफिट (आम्दानी) का हिसाबले निकै आकर्षक स्थानमा छौं । पहिलो वर्ष र दोस्रो वर्षको ग्रोथ (वृद्धि) हेर्ने हो भने १०० प्रतिशतले अगाडि बढेका छौं ।
  • मार्केटमा हाम्रो रिच (पहुँच) पनि सन्तोषजनक छ ।
  • ग्राहकका लागि हामीले नेपालका लागि नवीनतम् र नेपालमै पहिलोपटक भनेर थुप्रै प्रोडक्ट ल्याएका छौं ।
  • मान्छेले ‘बाँचुन्जेलको साथी एउटै बिमा काफी’ भन्नका लागि मृत्युको मुखसम्म पुग्दासम्म सपोर्ट गर्ने जीवन सारथिजस्तो प्रोडक्ट छ हामीसँग ।
  • फाइनान्सियल्ली र अन्य हिसाबले पनि हाम्रो कम्पनी स्टेबल छ ।
  • अरु कम्पनी भन्दा हामी धेरै अघि छौं डिजिटल सर्भिसमा ।

सरकारको सपोर्ट :

  • सरकारी तवरबाट धेरै कुरा हुन बाँकी छ । सुरुमा बिमा ऐनलाई समयमै सच्याएर समय सान्दर्भिक बनाउन आवश्यक छ ।
  • बजेटमा बिमा कहिल्यै प्राथामिकतामा परेन ।
  • बिमा अत्यावश्यक छ भनेर हामीले बुझाउन सकेका छैनौं । सरकारले पनि जनचेतनाको कार्यक्रम ल्याएको छैन ।
  • बिमाविना कुनै पनि देश समृद्ध बनेको छैन । हामी देश समृद्धितिर गइरहेको अवस्था छ । बिमालाई पनि सँगै लिएर जानुपर्छ त्यो आजको आवश्यकता हो ।
  • सर्वसाधारणले बिमाको प्रोडक्ट किन्दा विशेषता राम्रोसँग बुझेर र आफ्नो आवश्यकताअनुसारको किन्नुपर्छ ।
  • बेरोजगार युवापुस्तालाई मध्यनजर गरी हामीले ‘स्वरोजगार सिटिजन’ भन्ने अभियान चलाएका छौं ।

सुनौं पोषकराज पौडेलसँग गरिएको विस्तृत कुराकानी :

प्रतिक्रिया