शुक्रबार, वैशाख १४, २०८१

जम्मु-कश्मीरको सोपोरमा सुरक्षा फौजमाथि आक्रमण, ४ जनाकाे मृत्यु

नेपालखोज २०७८ जेठ २९ गते १५:२०

नयाँ दिल्ली । भारतको जम्मू-कश्मीरकाे सोपोरको अरमपोरास्थित नाकामा आतंककारीहरूले पुलिस र सीआरपीएफको संयुक्त टोलीमा आक्रमण गरेका छन् । यस आतंकवादी हमलामा दुई प्रहरी र दुई नागरिकले ज्यान गुमाएका छन् भने दुई अन्य पुलिसकर्मी घाइते भएका छन् ।

कश्मीरका आईजी विजय कुमारले बताए कि यस आक्रमणको पछाडि आतंकवादी संगठन लश्कर-ए-तैयबाको हात छ । आक्रमण पछि सुरक्षा बलले पूरै क्षेत्र घेरा हालेको छ । भनिन्छ कि यो आतंककारीहरूबाट बच्न असम्भव छ ।

सुरक्षा बलको खोजी अभियान भइरहेको छ । सबै नजिकका नाकहरू बन्द गरिएका छन् । योभन्दा पहिले शुक्रवार पनि केही आतंकवादीहरूले जम्मू-कश्मीरको साेपीया सुरक्षा बलमाथि आक्रमण गरेको थियो ।

यद्यपि यस घटनामा कुनै ज्यान गुमाएको छैन । त्यहि सातामा सुरक्षा बलले जम्मू-कश्मीरको पुलवा जिल्लामा पाँच किलोग्राम विस्फोटक बरामद गरेको थियो ।

सेनाका प्रवक्ताले श्रीनगरमा भने कि विष्फोटक पदार्थ आज बिहान खोजी कार्यको क्रममा पक्राऊ गरिएको छ । दक्षिण कश्मीर जिल्लाको त्राल क्षेत्र नजिकै सोइमुहमा भारी मात्रामा विस्फोटक पदार्थ फेला परेको सूचनापछि खोजी अभियान सुरु गरिएको थियो । हिन्दुस्तान

प्रतिक्रिया