मंगलबार, वैशाख १६, २०८२

चाैबीस घण्टामा ६,२९५ डिस्चार्ज, ३,३८४ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७८ जेठ २९ गते १६:४१

काठमाडाैं । नेपालमा चाैबीस घण्टामा काेराेना संक्रमण भई ६ हजार २९५ जना डिस्चार्ज भएका छन् । साेही अवधीमा ३ हजार ३८४ जनामा संक्रमणा पुष्टि भएकाे छ ।

चाैबीस घण्टामा आठ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ८२ जना र पाँच हजार नौ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार दुई जना गरी तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै चाैबीस घण्टामा काेराेनाका कारण ६१ जना मृत्यु भएकाे छ । याेसँगै नेपालमा ८ हजार ३६६ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया