शुक्रबार, वैशाख २६, २०८२

खाल्सा एन्ड ईन्टरनेशनलद्वारा १५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

नेपालखोज २०७८ जेठ २९ गते १७:१८

काठमाडौं । बेलायतमा रहेको खाल्सा एन्ड ईन्टरनेशनलले नेपाललाई कोभिड राहतअन्तर्गत एक सय ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

शनिवार काठमाडाैंमा पत्रकार सम्मेलन गरि नेपालस्थित् ‘कन्ट्रिव्युसन फर नेपाल’ संस्थासँगको सहकार्यमा उक्त सामाग्रीहरु वितरण गरिने जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा खाल्सा एड इन्टरनेशनलका नेपाल स्थित कार्यक्रम संयोजक देवेन्द्र सिंहले आफूहरुले विपद्का घटनामा राहतको काम गर्दै आएको बताए । अहिले कोरोना महामारीको बेलामा नेपालमा अक्सिजनको चरम अभाव भएको थाहा पाएपछि अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताए ।

यसको साथै खाल्सा एड ईन्टरनेशनलले २ हजार जनालाई खानाको प्याकेजको पनि व्यवस्था गरेको बताएको छ । नेपालमा भूकम्प गएपछि राहत र उद्धारको लागि खाल्सा एड ईन्टरनेशनलले सहयोग गरेको कार्यक्रम संयोजक देवेन्द्र सिंहले बताए । अहिले पनि द्वन्द्वग्रस्त सिरियामा पनि उद्धार र राहतको काम गर्दै आएको बताए ।

प्रतिक्रिया