प्रदेशसभा विघटनको षड्यन्त्रमा नलाग्न प्रदेश प्रमुख पौडेललाई जनमोर्चाकाे चेतावनी
नेपालखोज
२०७८ जेठ २९ गते १७:४३

काठमाडाैं । प्रदेशसभा विघटनको षड्यन्त्रमा नलाग्न राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई चेतावनी दिएको छ ।
जनमोर्चाको विपक्षी दलले ३१ जना प्रदेशसभा सदस्यसहित उपस्थित भएर सरकारको दाबी गर्दा पनि प्रदेशप्रमुखले आलटाल गरेर प्रदेशसभा नै विघटन गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएकाे छ ।
जनमोर्चाले पृथ्वीसुब्बा गुरुङको सरकारको बर्हिगमनका लागि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले जारी गरेको ह्वीप उलङ्घन गरेकै कारण कृष्ण थापालाई दुई-दुई पटक सांसद पदबाट हटाएर स्थान रिक्त गराएको स्मरण गराएको छ ।
सम्बन्धित
प्रतिक्रिया