शुक्रबार, चैत १६, २०८०

प्रदेश १ को नीति तथा कार्यक्रममाथिको छलफल सकियाे

नेपालखोज २०७८ जेठ २९ गते १८:२१

काठमाडौं । एक नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । प्रदेश सरकारले प्रदेश सभाको बैठकमा प्रस्तुत गरेको आगामि आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राखेपछि उपसभामुख सरस्वती पोखरेलले छलफल सकिएको जानकारी गराइन् ।

उपसभामुख पोखरेलले प्रदेश सरकारको नीति कार्यक्रमाथि संशोधनका लागि सांसदहरुलाई भोलि बिहान ११ बजेसम्मका लागि समय तोकेकी छन् । प्रदेश सभाको बैठक भने भोलि दिउँसो २ बजे बस्नेछ । सो बैठकमा नीति कार्यक्रम निर्णयार्थ पेश हुने बताइएको छ ।

प्रतिक्रिया