शुक्रबार, वैशाख २६, २०८२

प्रदेश २ र लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफल स्थगित

नेपालखोज २०७८ जेठ २९ गते १८:३१

काठमाडौं । प्रदेश २ र लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रममाथिको छलफल स्थगित भएको छ । प्रदेश २ को प्रदेश सभा बैठकमा सांसदहरुले बोल्ने क्रम नसकिएपछि भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको उपसभामुख उपमा कुमारी देवीले बताइन् ।

लुम्बिनी प्रदेश सभाको आजको बैठकमा सांसदहरुले बोल्ने क्रम आजका लागि सकिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिएका छन्। उनले आठौं अधिवेशनको सातौँ बैठक भोलि दिउँसो १ बजेका लागि बोलाएका छन्।

प्रतिक्रिया