बिहीबार, वैशाख १३, २०८१

५ पूर्वप्रधानमन्त्रीले भने- ओलीले नेपालको संविधानमाथि निरन्तर प्रहार गरे

नेपालखोज २०७८ जेठ २९ गते २०:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर नेपालको संविधानमाथि प्रहार गरेर संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानुनको शासनमाथि नै घात गरेको विपक्षी गठबन्धनमा रहेका पाँच पूर्वप्रधानमन्त्रीहरूले आरोप लगाएका छन् ।

शनिबार पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै दीर्घकालीन महत्वका सरकारी निर्णयलाई साथ नदिन राज्यका निकायहरुलाई पनि आह्वान गरेका छन् ।

कामचलाउ सरकारले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको, मन्त्रिपरिषद पुनर्गठन गरिरहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले चुरे क्षेत्रबाट बालुवा निकासी गर्ने सरकारी नीतिको समेत उनिहरुले विरोध गरेका छन् ।

चुरे क्षेत्रबाट निकालिने बालुवाका कारण नेपालको पर्यावरणीय सन्तुलन नै गुम्नसक्ने भन्दै उनीहरुले दीर्घकालीन महत्वका सरकारी कदमलाई साथ नदिन प्रशासन र सुरक्षा निकायलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया