बिहीबार, वैशाख ६, २०८१

जी-सेभेन सम्मेलन : चीनलाई एक्ल्याउन ठूलो योजना ल्याउने तयारी

नेपालखोज २०७८ जेठ २९ गते २०:३५

बेलायत । बेलायतमा जारी विकसित देशहरुको समूह जी–सेभेन सम्मेलनमा चीनलाई एक्ल्याउन ठुलो योजना ल्याउने तयारी गरिएको छ । सम्मेलनमा विश्वमा बढ्दो चीनको प्रभाव र चुनौतिको विषय केन्द्रमा राखि छलफल भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सम्मेलनमा चीनको प्रभाव कम गर्नका लागि पश्चिमा देशहरुले काउन्टर लगानी गर्नु पर्ने विषय उठेको छ । चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत विश्वका विकासशील देशहरुमा खर्बौँ रकम लगानी गर्दै छ । त्यसको काउन्टरका लागि ‘बिल्ड ब्याक बेटर’ लाई प्रभावकारी बनाउनु पर्ने पश्चिमा देशहरुले बताउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्मेलनको क्रममा आज चीनको प्रभाव कम गर्ने तथा काउन्टर दिनेगरी विशेष योजनाको प्रस्ताव गर्ने जनाइएको छ । यस्तै उइगर मुस्लिममाथि चीनले गर्दै आएको दमन तथा यातनाको विषय पनि उठाइने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया