फिफा विश्वकप तथा एसियन कप छनोट खेल्न गएको नेपाली टोली भोलि स्वदेश फर्किंदै
नेपालखोज
२०७८ जेठ २९ गते २०:३९

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको नेपाली टिम भोलि स्वदेश आइपुग्ने भएको छ ।
कोरोना महामारीका कारण कुवेतमा आयोजना गरेको प्रतियोगितामा नेपालले खेलेका तीन खेल मध्ये एक खेलमा जित निकाल्दा दुई खेलमा हार व्यहोरेको थियो । चाइनिज ताइपेईलाई २–० गोल अन्तरले पराजित नेपालले जोर्डन र अस्ट्रेलियासँग समान ३–० गोलको हार व्यहोरेको थियो ।
२३ जना खेलाडी र १२ जना अफिसियलसहित गएको नेपाली टिम कुवेतबाट आज राति नै प्रस्थान गर्ने छ । त्यहाँबाट कतारको दोहा हुँदै नेपाली टिम भोलि बेलुकी काठमाडौं आइपुग्नेछ ।
सम्बन्धित
प्रतिक्रिया