सुनकाे मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ जेठ ३० गते ११:०८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । आज सुन प्रतितोला छ सय रुपैयाँले घटेको हो ।
छापावाल सुन आज प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९३ हजार चार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदी आज तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शक्रबार पनि चाँदी १३ सय ७० रुपैयाँमा नै कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया