सोमबार, वैशाख २९, २०८२

उपत्यकामा जारी निषेधाज्ञा पुन: थप्ने तयारी

नेपालखोज २०७८ जेठ ३० गते ११:२५

काठमाडाैं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएकाे छ । कोरोना भाइरस संक्रमण महामारीका कारण काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी भएको हाे ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण दरमा कमि आएपनि जोखिम कामयै रहेको भन्दै निषेधाज्ञा पुनः थप गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका विषयमा छलफल गर्न आज दिउँसो २ बजेपछि उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) का तीनैजना प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ ।

प्रतिक्रिया