कोरोनाविरुद्धको राेकिएकाे खोप अभियान पुन: भोलिदेखि सुरू हुने
नेपालखोज
२०७८ जेठ ३० गते १३:४४

काठमाडौं । काठमाडौं महानगरपालिकामा शुक्रबारबाट रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम पुन: भोलिदेखि सुरू हुने भएको छ ।
महानगरका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहकाहरूलाई सोमबार र मंगलबार खोप दिइनेछ ।
महानगरले यसअघि काठमाडौंका ३२ वटै वडा कार्यालयमा खोप कार्यक्रम गरेको थियो । सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेको भन्दै गत शुक्रबार अर्को सुचना नआएसम्म खोप लगाउने कार्यक्रम स्थगित बनेको थियो ।

सम्बन्धित
प्रतिक्रिया