लुम्बिनीमा जसपाको ह्वीप- सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्नू
नेपालखोज
२०७८ जेठ ३० गते १४:३५

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जनता समाजवादी पार्टी (जसपा) आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
लुम्बिनी प्रदेशमा आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले गत २५ जेठमा प्रदेशसभामा नीति तथा कार्यक्रम पेस गरेका थिए ।
जसपाले नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै आफ्ना सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

सम्बन्धित
प्रतिक्रिया