शुक्रबार, वैशाख २६, २०८२

दोस्रोपटकको मन्त्रिपरिषद् विस्तारविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीद्वारा सर्वोच्चमा पूरक रिट

नेपालखोज २०७८ जेठ ३० गते १९:४४

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषदको विस्तारविरुद्ध सर्वोच्च अदालतमा पूरक रिट दायर गरेका छन् । उनले प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रिपरिषद विस्तार बदर गरी पाउ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा अन्तरिम आदेश सम्बन्धी छलफलका लागि सर्वोच्चले विपक्षीहरुलाई झिकाउने आदेश गरिसकेको अवस्थामा समेत फेरि दोस्रो पटक २०७८ जेठ २७ गते पुनः नयाँ मन्त्री नियुक्ति एवं हेरफेर गरिएको हुँदा उक्त मन्त्रिपरिषद विस्तार बदरको मागसहित त्रिपाठीले पूरक रिट निवेदन दर्ता गरेको बताएका हुन् ।

पूरक रिट निवेदनमा उनले नयाँ नियुक्त मन्त्रीहरुलाई तत्काल काम गर्न रोक लगाउनसमेत माग गरेका छन् । आज दर्ता गरिएको निवेदन ऊपर आगामी ८ असारमा सुनवाई हुनेछ ।

प्रतिक्रिया